६ वर्षपछि गरे वायने रुनीले ह्याट्रिक

मंसिर १४ – यो सिजन म्यानचेस्टर युनाइटेडबाट आफ्नो पुरानो क्लब एभर्टन गएका वायने रुनीले इंग्लिस प्रिमियर लिग अन्तर्गत बुधबार राति भएको खेलमा ह्याट्रिक गरेका छन् ।

घरेलु मैदानमा भएको खेलमा एर्भटनले वेष्ट ह्यामलाई ४–० ले हराउने क्रममा रुनीले ह्याट्रिक गरेका हुन् । उनले प्रिमियर लिगमा पछिल्लो ६ वर्षमा पहिलो पटक ह्याट्रिक गरेका हुन् । उनले यसअघि सन् २०११ को सेप्टेम्बरमा बोल्टनसँगको खेलमा ह्याट्रिक गरेका थिए ।

१८ र २८ औं मिनेटमा गरी पहिलो हाफमा दुई गोल गरेका रुनीले ६६ औं मिनेटमा हाफवेबाट सुन्दर गोल गर्दै ह्याट्रिक पूरा गरे । ह्याट्रिम पूरा गर्नुअघि पाएको पेनाल्टीमा भने उनी चुकेका थिए । एभर्टनका लागि ७८ औं मिनेटमा विलियमसले एक गोल गरे । जितपछि एभर्टन चार स्थान माथि उक्लिँदै १३ औं स्थानमा आएको छ । उसको १४ खेलबाट १५ अंक भएको छ । यस्तै राति नै भएको खेलमा बर्नलीले बोर्नमाउथलाई २–१ ले हराएर तीन अंक जोड्न सफल भयो ।- Ujyaalo Online

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: