हातको छाला तथा खुट्टाको कुर्कुच्चा फुटेको निको पार्ने सरल घरेलु उपचार

जब हाम्रो शरीरको कुनै अंग अर्थात् छाला बाहिरी कुनै कडा वस्तुसँग नियमित रुपमा घर्षण भईरहन्छ तब उक्त छालाले त्यस वस्तुबाट जोगिनका लागि कडा छालाको आवरण बनाउँदै जान्छ । र यस्तो कडा छाला जलाई क्याल्स भनिन्छ । यस्तो कडा छाला विशेषगरी हात र खुट्टाको पैतालाको पछाडिको भाग कुर्कुच्चा फुट्ने/चर्किने गर्दछ ।

यस्तो समस्या प्राय धेरै मानिसहरुलाई हुने गर्दछ । यदि तपाईलाई पनि यस्तो समस्या छ भने अब चिन्ता नगर्नुस् । यसको समाधानका लागि तपाईले घरमै उपलब्ध हुने सरसामानबाटै उपचार विधि अपनाउन सक्नुहुन्छ ।

चिनी:
चिनीको प्रयोगबाट हामीले घरमै यसको उपचार गर्न सक्छौ । आधा गिलास जति चिनी लिनुस् । चिनीको आधा भाग जति मनतातो तातो पानिमा चिनीलाई घोलनुस् । यदि उपलब्ध गर्न सकिन्छ भने पानिको सट्टामा तपाईले ग्लिसिरिन अथवा नरिवलको तेल पनि प्रयोग गर्न सक्नुहुन्छ । यसलाई चिनीसँग घोलेर बाक्लो लेद बनाउनुहोस् । यसमा तपाईले पुदिना पनि मिसाउन सक्नुहुन्छ । यसरि तयार गरिएको चिनीको लेदलाई तपाईले फुटेको कुर्कुच्चा अथवा फुटेको हातमा लगाउँदा यसले छालालाई नरम, मुलायम बनाउनुका साथै यसले छालालाई सफा पनि बनाउँदछ ।

भुइँकटहर:
भुइँकटहरको बोक्रामा इन्जाईम र एसिड पाईन्छ जसले फुटेको छालालाई निको पार्नमा मद्दत गर्दछ । त्यसैले भुइँकटहर तास्नेसाथ त्यसको बोक्राले फुटेको कुर्कुच्चा वा अथवा छालामा राम्ररि ढाकेर नरम कपडाले बाँध्नुहोस् । यसरि बाँधेको बोक्रालाई केहि घण्टा पश्चात् परिवर्तन गरि फेरि अघि जस्तै क्रिया दोहोर्याउँनुस् । यस्तो उपचार विधि लगातार एक हप्तासम्म गर्नाले तपाईको फुटको हात-खुट्टा निको हुनेछ ।

बेकिङ्ग सोडा:
आवश्यक्ता अनुसार मनतातो पानिमा ३-४ चम्चा बेकिङ्ग सोडा मिलाई त्यसलाई घोल्नुहोस र यसमा फुटेको हात, खुट्टाको कुर्कुच्चालाई डुबाउनुहोस् । यसो गर्नाले पनि फुटेको छालालाई निको पार्दछ । फुटको कुर्कुच्चालाई निको पार्ने सबैभन्दा सरल र सस्तो उपचार भनेको हल्का तातो पानीमा भिजाउनु नै हो ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: