हाईवे फराकिलो बनाउँन इटहरीबासीको माग

सरकारले सडकको सेन्टर लाइनबाट दाँया बाँया २५/२५ मिटरको बाटो बनाउने निर्णय भए पनि ब्यापारीहरुले १५ /१५ मिटर मात्र बनाउँने भने पछि इटहरीमा आएर रोकिएको सडक विस्तार तत्काल सरकारी नियम अनुसार अगाडी बढाउँन इटहरीबासीले माग गरेका हुन । सडक चौडा भए आफनो घर फुट्ने भन्दै केहि व्यक्तीले सडकको चौडाई घटाउन माग गर्दै संर्घष समिति बनाएको प्रति सामाजिक अगुवाहरुले आपत्ती जनाउँन थालेका हुन ।

इटहरीका ब्यापारी तथा इटहरीका सामाजिक अगुवा खगेन्द्र श्रेष्ठले इटहरी चौकमा हाइवे फराकिलो बनाउँन माग गरे । उनले भने मेरो घर भत्कीन्छ कि भनेर समग्र विकास निमार्णको काम रोक्नु आफैमा विकास विरोधी भएको कारण हाईवे फराकिलो बनाउँनु पर्ने उनको माग छ । राजमार्ग निर्माण ब्यवस्था ऐन अन्तर्गत २०२१ फागुन १६ मा जोगवनी-धरान सडकलाई सेन्टर लाइनबाट दाँया बाँया २५/२५ मिटरको बाटो बनाउने निर्णय अनुसार ६ लेन सडक विस्तार गर्नु पर्ने श्रेष्ठको माग छ ।

सरकारले सडक विस्तारको काम अगाडी बढाईरहेको बेला बाटो सानो बनाउँने चलखेल तत्काल रोक्नु पर्ने माओवादी केन्द्र इटहरीका नेता कृष्ण सापकोटाको माग छ । उनले सामाजिक सञ्जाल मार्फत भनेका छन् नेपाल सरकारको पारित सडक नितीनियम ईटहरी बासीले राम्रोसँग पढ्न र बुझ्न अनुरोध,सडक साँगुरो होईन फराकिलो बनाउ जनप्रतिनिधिले बुझऔं । उनले विकासको विरोधी कोहि हुन नहुने बताए ।

त्यस्तै युवा राजन सुवेदीले सामाजिक सञ्जाल मार्फत बाटो नितान्त निति नियम भन्दा एक इन्चपनि बाहिर भित्र हुनुहुँदैन जसले नीति र नियम को पालना गर्दैनन् तिनिहरुलाइ एन अनुरुपको कार्वाही हुनुपर्छ भनेका छन् । अहिले केहि चौकमा घर भएका र ब्यापारी बाहेकका सरकारी निति नियम अनुसार सडक विस्तार नगर्ने माग गरीरहे पनि चौकका घरवाला भने ६ लेन बाटो निमार्ण सानो बनाउँन शक्ति केन्द्र धाईरहको इटहरीका सर्वसाधरणहरुको आरोप छ ।

इटहरीकै २० नम्बर वडामा सडकको सेन्टर दखि २५/ २५ मिटर भत्काए पनि पुहँचवालाहरुको ठाउमा नभत्काउँने प्रपञ्च भएको तरहराका ब्यापारी प्रदिप केसीले बताए । इटहरीका पुहँचवालाहरुले इटहरी चौक भत्काउँन हुदैन भन्दै ल्याएको विभेदकारी निति स्वीकार्य हुदैन उनल थपे । तरहरामा बाटो ठुलो बनाउँदा स्थानीयबासीको घर भत्कदा नबोल्नेहरु केहि धनीहरुको घर भत्कने डरले विकास निमार्णको बाधक भएको भन्दै विभेदकारी नियम रोक्न सरकार समक्ष माग गरेका छन ।

६ लेन सडक विस्तार परियोजनाका इन्जिनियर सुबास पोखरेलले विवाद भएको कारण निमार्ण सामाग्रीहरु फर्किएको कारण काम हुन नसकेको उनको भनाई थियो । इटहरी चौकमा विवाद भएको कारण स्थानीय निकायसँग समन्वय गरेर मात्र काम अगाडी बढाउँने तयारीमा छौँ उनले भने । काम केहि ढिला भएको भने उनले स्वीकार गरे । २०७० साल असारबाट कोशी राजमार्ग अन्तर्गत बिराटनगरको रानीदेखि धरान सडकखण्डको कुल ४९ किलोमिटर दुई लेनको सडकलाई ६ लेनको बनाउने परियोजना सुरु भएको थियो । यो सडक १० अर्ब ९८ करोडको लागतमा निमार्ण हुने छ ।

६ लेन सडक सुस्त
व्यापारिक मार्ग विस्तार आयोजनाअन्तर्गत रानी–विराटनगर–इटहरी–धरान ६ लेन सडक निर्माण सुस्त भएपछि सर्वसाधारण सास्ती बेहाेर्न बाध्य छन् । निर्माण सुस्त भएकै कारण इटहरी देखि तरहरा र इटहरी देखि विराटनगर लाईनका सर्वसाधरणहरुले सास्ती ब्यहोनु परेको छ ।  निर्माणाधीन सडक र सडकको दुवैपट्टी खनेको नालाले सर्वसाधारण समस्या परेका हुन् । अति व्यस्त सडकमा सवारी साधनले उडाएको धुलोले इटहरीबासी मार्कामा परेका छन् । दुवैपट्टी ढल निर्माणले पनि सडक धुलामे बनेको हो । निर्माणको ठेक्का पाएका ठेक्केदारहरूले वातावरणीय सुरक्षाका लागि धुलो नउड्न सडकमा पर्याप्त पानी नहाल्ने गरेका कारण सर्वसाधरणले सास्ती ब्यहोर्नु परेको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: