रास्ट्रपति भण्डारीले स्वीकृति दिएपछि बालकृष्ण ढुंगेल भोलि रिहा हुँदै

काठमाडौं- सरकारको सिफारिस अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले ८ सय १६ कैदीको बाँकी कैद मिनाहा गरेकी छन् ।

राष्ट्रपति कार्यालयले सोमवार राती जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘ आज मिति २०७५ साल जेठ १४ गते सोमबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट मन्त्रिपरिषद्को सिफारिसमा एघारौं गणतन्त्र दिवस, २०७५ को उपलक्ष्यमा असल चालचलन भई कैदको सजाय छोट्याउन योग्य र उपयुक्त देखिएका तेम्बा शेर्पासमेत ८१६ (आठ सय सोह्र) जना कैदीहरुको भुक्तान हुन बाँकी कैदको सजाय नेपालको संविधानको धारा २७६ बमोजिम माफी भएको छ ।’’

जनयुद्धको समयमा व्यक्ति हत्याको मुद्दामा सर्वोच्च अदालतबाट दोषी ठहर भएर जेल गएका तत्कालीन माओवादीका नेता बालकृष्ण ढुंगेल गणतन्त्र दिवसका अवसरमा मंगलबार रिहा हुने भएका छन् ।

बालकृष्णलार्इ आममाफी दिने गरी सरकारले रिहार्यका लागि गरेको सिफारिसलार्इ स्वीकृत गर्दै राष्ट्रपतिको कार्यालयले गृहमन्त्रालयलार्इ पत्र पठाएपछि ढुंगेल गणतन्त्र दिवसका दिन रिहा हुन लागेका हुन् ।

द्वन्द्वकालमा उज्जनकुमार श्रेष्ठको हत्या गरेको भन्दै ढुंगेललाई सर्वोच्च अदालतले सर्वश्वसहित जन्मकैदको फैसला सुनाएको थियो । जिल्ला अदालतको फैसला अनुसार साढे सात वर्ष जेल सजाय भोगेपछि उनी पुनरावेदन अदालतले सफाई दिएर छुटेका थिए र चुनाव समेत लडेका थिए ।

तर सर्वोच्चले सर्वश्वसहित जन्मकैदको फैसला सुनाएको धेरै समयपछि मात्र उनलाई पक्राउ गरेर जेल चलान गरिएको थियो। गएको कात्तिक १४ गते पक्राउ परेका उनी ४० प्रतिशत कैद भुक्तान गरेपछि असल चालचलन भएकाको बाँकी कैद माफी हुने प्रवाधान टेकेर सरकारले मुक्त गर्न सिफारिस गरेपछि जेलमुक्त हुन लागेका हुन् । उनी भोली मंगलबार जेलमुक्त हुने छन्।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: