राजमार्गमा आमसभा,सार्बजनिक यातायात अवरुध्द

उर्लाबारी । बाम गठबन्धनले झापाको दमकमा शनिबार मुख्य राजमार्ग नै अवरोध गर्नेगरी आयोजना गरेको आमसभाका कारण त्यहाँको जनजीवन प्रभावित बनको थियो । साथै सार्वजनिक लगायतका सवारी साधनहरुलाई वैकल्पिक कच्ची बाटो प्रयोग गर्न बाध्य बनाइएको थियो जसले गर्दा यात्रुले छोटो दुरीका यात्राका लागी पनि धुवाँ र धुलो सहितको लामो यात्रा गर्नुपरेको थियो । यस्तै एम्बुलेन्स, सबवाहन लगायतका सवारी साधनले पनि भिड्का कारण समस्या भोग्नु परेको थियो ।

जनतालाई भोट माग्न पनि जनतालाई नै सास्ती दिने यस्ता नेतालाई आगामी निर्वाचनमा किन भोट दिने भनेर सर्बसाधारण नागरिक र यात्रीले आक्रोश पोख्दा पनि आयोजकले वास्ता गरेका थिएनन् ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: