मिस मेरो एउटा मात्र कट्टु छ, ममीले कट्टु धोइदिनुभा’थ्यो, त्यही भएर स्कुल आउन पाइनँ

कलेजको पछाडि भव्य पोखरी थियो, एक दिन, उक्त पोखरीमा पि्रन्सिपल खस्यो। पि्रन्सिपल पानीमा डुबिरहेको थियो। शेरेले उक्त दृश्य देख्यो र चिच्याउँदै दौडन थाल्यो।
शेरे : भोलि छुट्टी, भोलि छुट्टी।
०००

शेरेको छोरा भएछ, अब न्वारन गर्ने दिन आयो, पण्डितलाई बोलाइयो, नाम ‘अ’ बाट राख्नुपर्ने भयो। शेरेले छोराको नाम अमेरिका राख्यो। सबैले छक्क पर्दै शेरेसँग सोधे : शेरे दाइ, किन अमेरिका नै राख्ने नि ?
शेरेले शिर ठाडो पारेर छाती अलिक फुलाएर गर्व र घमन्डका सथमा भन्यो : साले, म यो स्वार्थीर् संसारलाई बताइदिन चाहन्छु कि म अमेरिकाको बाउ हुँ।
०००

शेरेको बाउ बेड किन्न बजार गएछ, शेरे पनि सँगै रहेछ। बाउ बजार पुगेर एउटा पसलमा छिरेछ र बेड देखाउन भनेछ। धेरै बेड देखाएपछि शेरेको बाउलाई एउटा बेड मन परेछ र भनेछ : म अहिले यो बेड लैजान्छु, फिटिङ भएन भने फिर्ता ल्याउँछु है ? पसलेले उसको कुरामा विश्वास गर्दै भनेछ : भैहाल्छ नि फिटिङ भएन भने भोलि बेलुकासम्म फिर्ता ल्याइदिनुस् है।
शेरेले बिचैमा प्याच्च भनेछ : बुबा, भोलि सबै पाहुना आफ्नो घर फर्किसक्छन् र ?
०००

एकसाँझ एउटा डाक्टरको मोबाइल बज्यो : ‘ओए साले के गर्दैछस् ? कत्ति नयाँ बूढीसँग टाँसिएर बस्छस् हँ ? यहाँ हामी ४ जना मात्र भयौं, आइज म्यारिज खेलौं।’ डाक्टरले हतार हतार कपडा लगायो, सेतो कोट लगायो अनि आफ्नो सामान मिलायो। उसकी नवदुलही नजिकै आई, डाक्टरको हात समातेर मधुरो स्वरमा सोधी : ‘के सिरियस छ रे ??’ डाक्टरले भन्यो- ‘हो डार्लिङ, सिरियस केस छ, एकदमै सिरियस रै’छ, चार जना डाक्टर त अघि नै पुगिसकेछन्।’
०००

मिस : तँ किन दुई दिन स्कुल आइनस् ?
शेरेको छोरो : मिस मेरो एउटा मात्र कट्टु छ, ममीले कट्टु धोइदिनुभा’थ्यो, त्यही भएर अस्ति आउन पाइनँ।
मिस : अनि हिजो ?
शेरेको छोरो : हिजो म स्कुल आउनका लागि हिँडे, जब तपाईंको घरनेर आएँ, छतमा हेर्दा तपाइर्ंको कट्टु सुकाएको देखें, मलाई लाग्यो, तपाईं पनि स्कुल जानुहुन्न होला। अनि म पनि घर फर्किएँ।

 

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: