महिला विश्व टी–२० छनोटमा नेपाल र थाइल्यान्ड भिड्दै

नेपालले आइसिसी महिला विश्व टी–२० एसिया छनोट प्रतियोगिताको पहिलो खेलमा आयोजक थाइल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ।

नेपाली समयअनुसार दिउँसो पौने एक बजे थाइल्यान्डको टेडथाई क्रिकेट मैदानमा हुने खेलका लागि नेपाली टिमले बंगालदेशमा तयारी गरेको थियो।

एक महिनाको छोटो तयारीमा बैंकक पुगेको नेपालले छनोट हुने लक्ष्य बनाएको छ।

अघिल्लो वर्ष थाइल्याण्डविरूद्ध खराब प्रदर्शन गरेको नेपाली टिमका लागि आज थाइल्यान्डले बलियो चुनौती दिने भएको छ। गत वर्ष नेपालले थाइल्यान्डसँग खेलेका तीनै खेलमा पराजय बेहोरेको थियो।

एक साता बंगलादेश तयारीपछि नेपाली टिम थाइल्यान्ड पुगेको छ। तयारीका क्रममा नेपाल खेलेका ४ मध्ये २ अभ्यास खे जितेको थियो। पहिलो २ खेल जितेको नेपाल अन्तिम २ खेलमा पराजित भयो।

रूबिना क्षेत्री कप्तानीमा रहेको नेपाली टिममा दुई जना नयाँ खेलाडीले पहिलो पटक राष्ट्रिय टिममा डेब्यू गर्दैछन्। दाङकी लक्ष्मी चौधरी र झापाकी रोमा थापाले पहिलो पटक राष्ट्रिय टिमबाट खेल्न लागेका हुन्।

नेपाली टिम

रुबिना क्षेत्री (कप्तान), सीता रानामगर (उपकप्तान), ज्योति पाण्डे, सरिता मगर, नेरी थापा, रोमा थापा, इन्दु बर्मा, करुणा भण्डारी, सोनु खड्का, लक्ष्मी चौधरी, रितु कनोजिया, संगीता राई, काजोल श्रेष्ठ, सवनम राई।

वैकल्पिक खेलाडी– कविता कुँवर, नितु भण्डारी, रेखा रावल।

प्रतियोगितामा नेपालसहित चीन, हङकङ थाइल्यान्ड, मलेसिया र युएईले प्रतिस्पर्धा गर्नेछन्। राउन्ड रोविन लिगमा हुने लिगको शीर्ष २ टिम नेदरल्यान्ड्समा हुने विश्व महिला टी–२० छनोट प्रतियोगिताका लागि छानिनेछन्।

प्रतियोगितामा ८ टिमबीच प्रतिस्पर्धा हुनेछ। ६ टिम यसअघिनै छनोट भइसकेका छन्। जसमा बंगलादेश, आयरल्यान्ड, पपुवा न्युगिनी, स्कटल्यान्ड, नेदरल्यान्ड र युगान्डा छन्।

यस्तो छ नेपालको खेल

  • ४ मंसिर – थाइल्यान्डविरुद्ध
  • ५ मंसिर – हङकङविरुद्ध
  • ७ मंसिर – युएईविरुद्ध
  • ८ मंसिर–  मलेसियाविरुद्ध
  • १० मंसिर – चीनविरुद्ध

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: