बार्सिलोनालाई टक्कर दिँदै आएको भ्यालेन्सियाको लिगमा पहिलो हार

मंसिर १८ – स्पेनिस ला लिगा फुटबलमा यो सिजन शीर्ष स्थानको बार्सिलोनालाई सुरुदेखि नै टक्कर दिँदै आएको भ्यालेन्सिया लिग अन्तर्गत आइतबार राति भएको खेलमा पराजित भएको छ ।

भ्यालेन्सियाको यो हारले बार्सिलोनालाई फाइदा पुगेको छ र उसले पाँच अंकको अग्रता काम राख्न सफल भयो । पहिलो हाफमा गोलरहित बराबरीमा रोकिएको भ्यालेन्सियाले यो सिजनमा पहिलो हार गेटाफेसँग बेहोरेको हो ।

घरेलु मैदानमा भएको खेलमा २५ औं मिनेटमा अ्ररामबार्री दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि गेटाफे १० खेलाडीमा सीमित भएको थियो । तर त्यसको फाइदा भ्यालेन्सियाले लिन सकेन ।

६६ औं मिनेटमा गेटाफेका लागि बेर्गाराले गोल गरे । त्यो गोल नै उसको जितमा निर्णायक बन्यो । हारपछि दोस्रो स्थानको भ्यालेन्सियाको १४ खेलबाट ३१ अंक भएको छ । शीर्ष स्थानको बार्सिलोनाको ३६ अंक छ ।

 तेस्रो स्थानको एथ्लेटिको मड्रिडको ३० तथा चौथो स्थानको रियल मड्रिडको २८ अंक रहेको छ । १९ अंकसहित गेटाफे आठौं स्थानमा छ ।

राति नै भएका अरु खेलमा लेगानेसले भिल्लारियल तथा एइबरले स्पानियोललाई समान ३–१ तथा लास पालमसले रियल बेटिसलाई १–० ले हरायो । –ujyaalo Online

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: