बाबुराम भट्टराईको उमेदवारी कांग्रेसलाई मास्नुपर्छ भन्ने विरुद्ध हो :गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता गगन थापा सोमबार गोरखा पुगेर बाबुराम भट्टराईको पक्षमा मत मागेका छन् ।

उनले बाबुराम भट्टराईले जित्नु भनेकै संसद्मा कांग्रेस बलियो हुनु भएको बताए । “संविधानसभालाई कांग्रेसले नसम्हालेको भए अहिले चुनाव हुने थिएन,” उनले भने, “त्यसबेला एमालेलाई सम्हाल्न सजिलो थिएन तर पनि हामीलाई कसरी बाँध्ने भन्ने थाहा थियो । सरकारमा ल्याएर बाँधेर राख्यौं । यहाँ माओवादी साथीहरुलाई पनि भन्न चाहन्छु । आज संविधान मान्न र निर्वाचन मान्न पाउने माओवादी बन्न पाउनुभएको छ । एमालेका नेताले गर्दा होइन कांग्रेसले गर्दा हो ।”

उनले मसाल बोक्ने उपेन्द्र यादव र साइकल चढ्ने राजपालाई पनि नछाडेर यो अवस्था आएको बताए ।

“यति दुःखसाथ बनेको संविधान जोगाउने कि नजोगाउने भन्ने यो जनमत संग्रह नै हो,” गोरखा पुगेर थापाले भने, “यो क्षेत्रबाट बाबुरामले जित्नु भनेको कांग्रेस संसद्मा बलियो हुनु हो । यो पटक जोगाउन नसके फेरि अर्को ५ वर्ष बर्बादीमा जान्छ ।”

उनले पछिल्लो समयमा कांग्रेससँगै बस्नुपर्छ भन्ने र कांग्रेसलाई मासेर जानुपर्छ भन्ने दुईथरी माओवादी भएको बताउँदै बाबुराम भट्टराईको उमेदवारी कांग्रेसलाई मासेर जानुपर्छ भन्नेको विरुद्ध भएको बताए ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: