बम आक्रमणमा परेका कांग्रेसका नेता रामचन्द्र पौडेलले भने-‘बल्लबल्ल बाँचे’

बम आक्रमणमा परेका कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले उम्मेदवारको भरपर्दो सुरक्षा प्रबन्ध गर्न नसकेको गुनासो गरेका छन्।

तनहुँबाट लम्जुङ जाने क्रममा शनिबार दिउँसो बम विस्फोटमा परेका पौडेलले उम्मेदवारमाथि श्रृंखलावद्ध आक्रमण हुनुको कारण सुरक्षा निकायले पत्ता लगाउन नसकेको बताए। ‘मलाई चोट मात्र नलागेको हो । बल्लबल्ल बचे,’ पौडेलले  भनेका छन्, ‘गाडीको पछिल्लो सिटमा बसेको थिए, मुस्किलले जोगिए ।’

उम्मेदवारमाथि आक्रमण कहाँबाट कसरी भयो भन्ने सुरक्षा निकायले मेसो पाउन नसकेको उनले बताए । ‘सुरक्षा प्रबन्ध हुनै सकेन। सरकारले सुरक्षाको तयारी गरेको भनेको थियो, तर, कमजोर व्यवस्थापन भयो ।’

पौडेल सवार गाडीलाई लक्षित गर्दै तनहुँमा शनिबार दिउँसो साढे ३ बजेति विस्फोट गरिएको थियाे । विस्फोटमा परेर पौडेल चढेको गाडीमा सामान्य क्षति पुगेको छ । पौडेललाई भने कतै चोटपटक लागेको छैन ।

नेता पौडेललाई स्कर्टिङ गरिरहेको प्रहरीको गाडीमा सवार एकजना प्रहरीलाई पनि सामान्य चोट लागेको छ ।

सुरक्षा निकायले पौडेलको सुरक्षार्थ स्कर्टिङमा १० जना सशस्त्र प्रहरीको टीम अगाडी थियो । त्यसबाहेक थप ११ जना नेपाल प्रहरी पनि उनको सुरक्षामा खटिएका थिए।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: