फेरी भोजपुरमा बम विस्फोट : युवा संघका नेतासहित सहित दुर्इ प्रहरी घाइते

मंसिर २, २०७४-  अज्ञात समुहले राखेको बम पड्कदा भोजपुरमा एमाले कार्यकर्ता गम्भीर घाइते भएका छन् । युवा संघ नेपाल भोजपुरका सचिवालय सदस्य तथा टेम्केकैयुङ गाउँपालिका कोट गाउापार्टी सचिव ३३ वर्षीय विक्रम राई बम पड्कदा गम्भीर घाइते भएका छन् ।

घटनास्थलमा प्रहरी पुगेलगत्तै अर्को बम बिष्फोट हुँदा छर्रा लागेर प्रहरी निरीक्षक देवनारायण यादव र सहायक निरीक्षक उमेश मेहता घाइते भएका छन् । घाइतेलाई उपचारका लागि सदरमुकाम ल्याइएको छ । षडानन्द नगरपालिका दिङलाबाट चुनावी सभा सकेर मोटर साइकलमा सदरमुकाम भोजपुर आउादै गर्दा षडानन्द–८ भिरथाप्लामा राखिएको बम पड्किएको प्रहरीले जनाएको छ । बमले लागेर एमाले कार्यकर्ता राईको टाउकोमा गम्भीर चोट लागेको छ । घटनाका बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक गीतनारायण चौधरीले बताउनुभयो ।

यसैगरी उत्तरी साल्पासिलिछो २ कुलुङमा वाम गठबन्धनको चुनावी सभा जारी रहेका समय दिउँसो बम विस्फोट भएको छ । सभामा प्रदेश नं. १ का उम्मेदवार राजेन्द्र राईले सम्बोधन गर्दै गर्दा कार्यक्रमस्थलबाट एक सय मिटर नजीकै बम विस्फोट गराइएको हो । विष्फोट पछि केहीबेर अवरुद्ध चुनावी सभा पुन: सञ्चालन भएको थियो । विष्फोटबाट कुनै क्षति नभएको प्रहरीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: