प्रकाश पत्नी सिर्जनालाई लाजिम्पाट छोडेर प्रचण्ड परिवार भरतपुरमा

काठमाण्डु, ५ मंसिर – शोकाकूल अवस्थामा रहेपनि प्रकाश दाहाल पत्नी बीना मगर ससुरा प्रचण्ड र सासु सीतासहित छोरा प्रणबका साथ चितवन पुगेकी छन् ।

चितवनमा हुन लागेको श्रद्धाञ्जली सभामा भाग लिन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का साथ भरतपुर पुगेकी हुन् ।

यति एयरलाइन्सको विहान १० बजेको उडानबाट भरतपुर लागेका प्रचण्डका साथमा पत्नी सीता दाहाल, छोरीहरु रेणु र गंगा, नाति, ज्वाइँ अर्जुन पाठक, प्रकाशका बीनातर्फका छोरा प्रणब छन् ।

यसैगरी बरिष्ठ एमाले नेता माधव नेपाल, माओवादी केन्द्रका नेता रामबहादु थापा बादल’ र उनकी पत्नी नैनकला थापा छन् ।
बीना भरतपुर पुगेपनि प्रकाशकी जेठी पत्नी सिर्जना त्रिपाठी भने लाजिम्पाटस्थित निवासमा छोरा प्रसिद्धका साथ छिन् ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: