प्रकाश दाहालकी जेठी पत्नी एकाएक बेहोस

काठमाडौं ,३ मंसिर । माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डपुत्र प्रकाश दाहालको आइतबार बिहान निधन भएको छ ।

निधनको खबरसँगै श्रीमान हेर्न नर्भिक अप्सताल पुगेकी दाहालकी जेठी पत्नी सिर्जना त्रिपाठी एकाएक बेहोस भएकी छन् ।

श्रीमानको मृत्य भएपछि त्रिपाठी बेहोस भएपछि उनलाई अस्पताल भर्ना गरिएको छ ।
शनिबार राती सकुशल सुतेका दाहाल बिहान सिकिस्त अवस्थामा फेला परेपछि उनलाई बिहान ५ बजे अस्पताल भर्ना गरिएको थियो ।

पारिवारिक स्रोतका अनुसार दाहालको मृत्यु सुतेकै ठाउँमा भएको अनुमान छ । दाहालकी कान्छी पत्नि विना पनि अस्पताल आइपुगेकी छिन् ।

अस्पतालमा दाहालका आफन्त, शुभचिन्तक, सुभेक्षुक, दलका नेताको बाक्लो उपस्थिति रहेको छ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: