नेपाल आएकी बलिउड गायिका मोनालीले भनिन् ‘आइ लभ नेपाल’

बलिउडकी पाश्र्र्व गायिका मोनाली ठाकुरको कन्सर्टले दरबारमार्ग नजिकै रहेको डेजा भू क्लबमा शनिबार अन्य दिनभन्दा बढी चहलपहल भयो । शुक्रबार नेपाल आएकी बलिउडकी चर्चित सुन्दरीले रातको ११ बजेमात्र डेजा भू क्लबमा आफ्नो उपस्थिती जनाइन् ।

काठमाण्डौंमा बढ्दै गएको चिसोलाई मोनालीको जादुमय स्वर र सुन्दरताले पछि पारिदियो । पर्फेक्ट प्लान इन्टरटेन्मेन्टले आयोजना गरेको ‘मोनाली ठाकुर लाइभ इन नेपाल’ कार्यक्रममा चर्चित गायिकाले आफ्ना चर्चित गीत सुनाइन् ।

उनले ‘मोह मोह के धाँगे, टच मी टच मी, छम छम’ लगायतका चर्चित हिट गीत सुनाइन् । एक दर्जन भन्दा बढी गीत गाउँदै गर्दा मोनालीले बारम्बार ‘आइ लभ नेपाल’ भन्न भ्याइन् ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: