नेपाल आइडलको टोली अष्ट्रेलिया आइपुग्यो, शुक्रबार क्यानबेरा तताउने

सिड्नी । चर्चित गायन प्रतिभा खोजी कार्यक्रम नेपाल आइडलको विजेता टोली अष्ट्रेलिया अवतरण गरेको छ ।

अष्ट्रेलियाका विभिन्न शहरमा नेपाली टचले आयोजना गरेको कन्सर्टमा प्रस्तुतीका लागि आइडल विजेता टोली अष्ट्रेलिया आएको हो ।

नेपाल आइडलका विजेता वुद्ध लामा सहित फस्र्ट रनरअप निशान्त भट्टराई, सेकेन्ड रनरअप प्रताप दास र कार्यक्रम प्रस्तोता सुसिल नेपाल अष्ट्रेलिया आइपुगेका हुन् ।

बिहान ११ बजे क्यानबेरा ओर्लिएको टोलीले त्यहाँ शुक्रबार आयोजना हुने कन्सर्टमा प्रस्तुती दिनेछन् भने त्यसपछि २७ तारिखमा ब्रिसबेनमा प्रस्तुती दिनेछन् ।

आज(बुधबार) क्यानबेरास्थित अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेपछि आइडलका विजेता टोलीले कन्सर्टमा सहभागी हुन सबैलाई आह्वान गरेका छन् ।

नेपालीपत्रसँग कुरा गर्दै आइडल विजेता बुद्ध लामाले भने, ‘तपाईंहरुको सांगितीक चाहाना पुरा गर्न अष्ट्रेलिया आएका छौं । कार्यक्रममा सहभागि भएर हौसला बढाइदिनुहोस् ।’ Source: Nepali Patra

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: