नव हिरोइनसंग बेलायतमा हराउँदै प्रदीप खड्का

फिल्म ‘लिलिबिली’को हाल धमाधम छायांकन भैरहेको छ । बेलायत र स्कटल्याण्डमा धमाधम यो फिल्मको छायांकन भैरहेको निर्माता गोविन्द शाहीले बताएका छन् ।
मिलन चाम्सले निर्देशन गरिरहेको यो फिल्ममा अभिनेता प्रदिप खड्का मुख्य भूमिकामा छन् । उनको साथमा, फिल्ममा अभिनेत्री प्रियंका कार्की र नव–अभिनेत्री जेविका गुरुङ हुनेछन् ।

फिल्मको ३० प्रतिशत छायांकन सकिएको गोविन्दले जानकारी दिएका छन् । फिल्म छायांकनका केही तस्बिरहरु रिलिज गरिएको छ । जसमा, अभिनेता प्रदिप र अभिनेत्री जेविका सडकमा हिडिरहेका छन् ।

अभिनेत्री प्रियंका कार्की के फिल्ममा प्रदिपकी आमा हुन् भन्ने प्रश्नमा भने गोविन्दले यसलाई नकारे । उनले, अर्की अभिनेत्री रेविका गुरुङको जे भूमिका हो सोही भूमिकामा प्रियंका देखिएको समेत बताए । साथै, यो फिल्म नयाँ बर्षमा रिलिज गर्ने तयारी पनि गरिएको छ । नयाँ बर्षमा रिलिज गर्न नसकिए फिल्मलाई वैशाख १४ गते रिलिज गर्ने गोविन्दले बताए ।-

Source: Mazzako Tv

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: