डा. गोविन्द केसीमाथि ओलीले आक्रोश पोखेपछि रञ्जु दर्शनाले दिइन् कडा चुनौती

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई विवेकशिल साझा पार्टीकी नेतृ रञ्जु दर्शनाले ओलीलाई चुनौति दिएकी छन् । ओलीले डा. गोविन्द केसीमाथि आक्रोश पोखेपछि दर्शनाले ओलीलाई चुनौती दिएकी हुन् । ओलीले डा. केसीलाई सरकारको तलब खाएर नानाथरी माग राखेर अनशन बस्नुभन्दा राजनीतिमा आउन चुनौती दिँदै आक्रोश पोखेका थिए । ओलीले केसीको आलोचना गरेपछि दर्शनाले फेसबुक मार्फत ओलीलाई १३ घण्टा पानी नखाइ बसेर देखाउन चुनौती दिएकी छन् । ‘१३ पटक होइन मात्रै १३ घन्टा पानी नखाइ केसि को विरुद्धमा अनशन बसेर देखाइदिनुहोस्,’ उनले भनेकी छन् ।

केसीले चाहेभने राजनीतिमा आउन सक्ने र प्रधानमन्त्री, राष्ट्रपति समेत बन्न सक्ने उनले बताएकी छन् । ‘ओलीजी के तपाईं औषधीको भारी बोकेर कर्णालीका जनताको बस्तीमा जान सक्नु हुन्छ रु के तपाईं आफ्नो निजि पैसाले औषधी किनेर आफै सिराहा ,सप्तरीको गरिब बस्तिमा जान सक्नुहुन्छ ?,’ उनले प्रश्न गरेकी छन्, ‘तपाईं आफुले आफैलाई के सम्झनु हुन्छ ?, नेपालमा राजनीति ओलीले मात्रै जानेको छ ? मैले मात्रै राजनीति गर्न सक्छु भन्ने भ्रममा हुनुहुन्छ ?’

उनले आफुले मात्रै राजनीति गर्न सक्छु भन्ने लागेको भए आली भ्रममा रहेको बताएकी छन् । उनले दिपक मनाङ्गे जस्ता गुण्डाले राजनीति गर्न हुन्छ भने डाक्टर केसी जस्ता सादगी र महान व्यक्तिले पनि राजनीति गर्न हुने र राजनीतिमा सफल पनि सफल हुने बताएका छिन् ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: