जागिर खान जाँदा, यसरी लुटियो मेरो जवानी

बुवाको निधनले मलाई पारिवारिक दायित्व वहन गर्नुपर्ने बाध्यता यसअर्थ आएको थियो कि मेरी दिदीको बिहे भइसकेको थियो र म नै ममीपछिको घरमुली थिएँ । मेरा दुइ भाइ र दुइ बहिनीको तुलनामा घरको भार बोक्न मलाई नै योग्य तुल्याएको थियो मेरो उमेरले ।
म १७ बर्षको भइसकेकी थिएँ । यौवनको रङ, रुपले मलाई छोपिसकेको थियो । खुला मनले सबैसँग बोल्न रुचाउँथे तर शारीरिक रु…पमा म कसैसँग निकट थिइनँ । अर्थात् त्यतिबेलासम्म मैले आफू एक युवती हुनुको अर्थ पनि बुझेकी थिइनँ ।

एसएलसी सकेर मैले काम खोज्नु पर्यो । घरमा आयको बाटो नभएकाले मैले रोजगारी गर्नै पर्ने अवस्था थियो । तर भन्नेबित्तिकै जागिर कहाँ पाउनु र ? एक दिन मेरो बुवाको साथी दयाराम अंकल आउनु भयो । अनि घरव्यवहारका कुरा गर्न थाल्नु भयो । उमेरले ४० वर्षजतिको हुनुहुन्थ्यो । मैले आफ्नो घरको समस्याबारे भनिसकेपछि उहाँले भन्नुभयो, ‘मेरो एउटा साथी सडक विभागमा छ, ऊ तेरो बुवालाई पनि राम्ररी चिन्दछ, त्यहाँ तँलाई उसले काम दिन सक्छ ।’
मलाई उहाँको कुराले ढुंगा खोज्दा देउता मिलेजस्तोभयो । अनि भनेँ, ‘जाउँ न त भेट्न ।’ अंकलले भन्नुभयो, ‘आज त म एउटा काममा यता आएको हुँ, बरु तँलाई भोलि लैजाउँला ।’
उहाँको कुराले मलाई धेरै ठूलो टेवा पुगेको थियो । म अर्को दिनको प्रतिक्षामा रहेँ । नभन्दै भोलिपल्ट बिहान १० बजेतिर उहाँ आउनु भयो । अनि मलाई तयार हुन भन्नुभयो । हत्तपत्त कपडा फेरेर म तयार भएँ ।

हामी दुबै सडक डिभिजन कार्यालयमा गयौं ।
अंकलले सरासर मलाई सुपरभाइजरको कोठामा लैजानु भयो। मैले कार्यकक्षमा प्रवेश गर्नासाथ नमस्ते गरेँ, अनि दयाराम अंकलले परिचय गराउनु भयो । मेरो बुवाकोनाम लिनासाथ सुपरभाइजरको अनुहार मलिन भयो र भन्नुभयो, ‘बिचरा चाँडै नै बिदा भयो ।’
मेरो आँखामा आँशु छचल्कियो तर म चाँडै नै सम्हालिएँ । दयाराम अंकलले मतिर देखाउँदै भन्नुभयो, ‘यो बिचरीलाई एउटा जागिर मिलाइदिन पर्यो, घरमा कमाउने कोही छैन ।’
अनि जवाफमा सुपरभाइजरले भन्नुभयो, ‘भइहाल्छ नि, अमलेखगंजबाट चुरेमाईसम्म काम भइरहेको छ, त्यहीँ म यिनलाई आफ्नो सहयोगीका रुपमा काम मिलाइदिउँला नि ।’
म खुशीले गद्गद भएँ । सुपरभाइजरले मलाई भोलिपल्ट ९बजेतिरै कार्यालयमा आउन भने । मैले पनि हुन्छ भनेँ। चिया पिउँदै केही बेर बिताएपछि हामी बिदा भयौं ।

म निकै उत्साहित हुँदै सडक डिभिजन कार्यालय पुगेँ । त्यहाँ हिजो भेटेको मान्छे देखिएको थिएन । केही बेर प्रतिक्षा गरेँ, ऊ आइपुग्यो । ‘ए.. तिमी आयौ । एकछिन यही बस है ।’ यति भन्दै ऊ कार्यालयभित्र पस्यो । करिब १५ मिनेटपछि ऊ फर्कियो । अनि मलाई ‘जाउँ हिड’ भन्यो ।
‘आज तिमीलाई साइट देखाउँछु है,’ उसले भन्यो । मैले पनि उसको कुरालाई सहजै लिएँ । अनि हामी सडक विभागकै मोटरमा चुरेमाई तर्फ लाग्यौ । सडक मर्मतको काम भइरहेको रहेछ । उसले मलाई त्यहाँ सामान्य काम सम्झायो । अनि हेटौडातिर लग्यो ।
बाटोमा उसले मेरो बारेमा धेरै कुरा सोध्यो । पढाइ कस्तो छ, घरमा केकस्तो अवस्था छ आदि विषयमा सोधिरह्यो । मैले सरासर जवाफ दिएँ । ‘यस्तो ट्यालेन्ट मान्छेले पनि काम नपाएर अरुले पाउँछ त’ भन्दै उसले मेरो प्रसंसा पनि गर्यो ।

‘तिमीलाई सुरुमा केही अप्ठ्यारो लाग्न सक्छ तर कामगर्दै गयौ भने तिमीलाई पछि धेरै राम्रो हुन्छ,’ उसले मलाई सान्त्वना दिदैं भनेको थियो । हेटौडाको मेन रोडमै रहेको एउटा होटलमा पसेर हामीले खाजा खायौं । अनि उसले होटलवालालाई सोध्यो, ‘माथि कोही छ?’ होटलवालाले मुन्टो हल्लाएर ‘छैन’ भन्ने जवाफ दियो । अनि मलाई सुपरभाइजरले मलाई भन्यो, ‘आउ, माथि जाउँ ।’ म ऊसँगै माथि गएँ ।

दोस्रो तलामा एउटा कोठाभित्र हामी प्रवेश गर्यौं, त्यहाँ एउटा पलङ र टि टेबलबाहेक केही थिएन । मैले त त्यहाँ उनीहरुको कार्यालय वा सम्पर्क कक्ष होला भन्ने अपेक्षा गरेकी थिएँ ।
मलाई केही असजिलो लाग्यो । उसले मेरो भाव बुझेछ क्यार । ‘अप्ठ्यारो नमाने हुन्छ, आऊ बस..’ उसले भन्यो।

तुरुन्तै ऊ तल झर्यो । मैले कोठाको चारैतिर हेरेँ, चुरोटको ठूटा, सुन्तलाको बोक्रा यताउता छरिएका थिए । खाटमुनी दुइचारवटा चकलेटका खोल र मुख बाँधिएका ठूला बेलुन थिए । मलाई अचम्म लाग्यो । आखिर यो ठाउँमा उसले मलाई किन ल्यायो । अनि डर पनि लाग्न थालेको थियो । अनि सोच्थेँ, आखिर ऊ त मेरो बुवाको साथी, बुवा सरहकै मान्छे ।
केही बेरमा ऊ फर्कियो । उसको हातमा आधादर्जन केरा, चारवटा सुन्तला, एउटा फ्रुटी, एक बोतल बियर थियो । मेरो मन झस्कियो । उसले मलाई फ्रुटी दियो । अनि फलफुललाई टि टेबलमा राखेर बियर हातमा लियो । ‘नाइ म खान्न,’ उसले दिएको फ्रुटी नलिइकनै मैले भनेँ । ‘खाउन, एकछिन बसौं अनि साइटमा फर्कौला,’ उसले भन्यो ।

मैले फ्रुटी समातेँ । ‘तिमीलाई पैसाको कत्तिको खाँचो छ ?’ उसले सोध्यो । वास्तवमा पैसाको त निकै खाँचो थियो, किनकी मेरी बहिनीलाई पैसाकै अभावमा ट्युसन पढाउन सकिएको थिएन, भाइको पनि स्कूलको फिस, जाडोको लुगा किन्नु थियो । घरका सिरक, डस्ना काम नलाग्ने भइसकेका थिए । तर पनि मैले उसलाई भने, ‘अहिले खाँचो छैन, जागिर भएमा सबैकुरा मिल्छ ।’
‘जागिर त पक्का भयो, तर सबै कुरा मिल्छ त ?’ उसले भन्यो । अनि मैले भनेँ, ‘मिलाउनु पर्छ ।’ उत्साहित हुँदै उसले भन्यो, ‘म पनि त्यही मिलाउने पक्ष मै हो, त्यसैले तिमीलाई यहाँ ल्याएको ।’
‘मैले कुरा बुझिनँ नि, के भन्न खोज्नुभएको ?’ मैले आश्चर्यका साथ सोधेँ । उसले भन्यो, ‘मैले भन्न होइन,गर्न खोजेको क्या..।’

‘खुलेर भन्नुस् न, मैले बुझिनँ,’ उसको कुरा राम्ररी बुझ्न चाहेँ । अनि उसले भन्यो, ‘तिमीलाई जागिरको खाँचो छ, त्यो त म दिन्छु तर मलाई खाँचो भएको कुरा तिमीले दिनुपर्छ ।’
‘के खाँचो छ तपाईलाई ?’ मैले सोधें । उसले जवाफ दियो,’तिम्रो जवानी ।’
यति भनेर उसले बियर पिउन थाल्यो । मलाई अब भने निकै डर लाग्न थालेको थियो । ‘भइगो, म जागिर खान्न,’ म त्यहाँबाट निस्कनमात्र के लागेको थिएँ, उसले मेरो हात तान्दै भन्यो, ‘पहिला कुरा त सुन, अहिलेको जमानामा सित्तैमा जागिर पाउन गाह्रो छ, त्यसमा पनितिमी एसएलसी जाँचमात्र दिएकी मान्छे, पास पनि भएकीछैनौं, घरको त्यो अवस्था छ, पाएको जागिर पनि यसरी गुमाउँदा भोलि तिम्रो परिवारको के हालत होला ?’
मलाई खाटमा बसाल्दै उसले भन्यो, ‘ठिक छ, तिमीलाई सर्त मन नपरे काम नगर, तर तुरन्तै गइहाल्नु पर्छ भन्ने त छैन नि, म तिमीलाई जहाँबाट जसरी ल्याएको हो त्यही, त्यसरी नै पुर्याइदिन्छु ।’

अनि ऊसले फेरि बियर पियो । म मौन बसिरहेँ ।
‘हेर, यो जमानामा केही नगुमाई केही पाउन मुस्किल छ, आएको मौकालाई चिन्न र सुदुपयोग गर्न सकेमा मात्र मान्छेले केही गर्न सक्छ ।’ उसले सम्झाउने प्रयत्नका साथ भन्यो, ‘तिमी एकजनाको सानो त्यागले त्रि्रो परिवारको भविष्य राम्रो हुन्छ भने किन पछि हट्छौ ?’
म टोलाइरहेकी थिएँ, उसले मेरो अनुहार एक टकले हेरिरहेको थियो । अनि आफ्नो हात मेरो टाउकोमा ल्याएर सुम्सुम्याउँदै भन्यो, ‘मेरो कुरा मान, अहिलेका लागि तिमीले मेरो फाइदा देखेकी होला तर पछि यसले तिमीलाई नै फाइदा पुग्छ ।’

‘तर म त्यस्तो काम गर्न चाहन्नँ,’ मैले आफ्नो अडान राखेँ । अनि उसले भन्यो, ‘यो कुनै ठुलो कुरै होइन, कुरा त तिमीले जागिर खाने कि नखाने भन्ने हो, जब तिमीलाई जागिरको आवश्यकता हुन्छ, तिमीले जागिर नपाएको खण्डमा तिमी शरीर बेचेरै पनि गुजारा गर्न बाध्य हुन्छौ, मैले त त्यस्तो परिस्थती आउनु अघि नै तिम्रो अवस्था राम्रो होस् भनेर सल्लाह दिएकोमात्र हो ।’
उसको यो कुराले भने मलाई दोधारमा पार्यो । भोलि अन्त काम नपाए के गर्ने ? मेरो मनमा विभिन्न कुरा खेल्यो ।

मेरो ढाड सुम्सुम्याउँदै उसले भन्यो, ‘तिमीले त्यस्तो काम गरेकी छौ भन्ने कसैलाई थाहा पनि हुँदैन, अहिले तिमीले मान्यौ भने तिम्रो पनि काम बन्छ, मेरो पनि बन्छ ।’
उसको स्पर्शले मेरो शरीरमा तरङ्ग उत्पन्न भयो । अनि म केही पर सरेजस्तो गरेँ । उसले मेरो हात समातेर आफ्नो काखमा बिस्तारै लडाउँदै भन्यो, ‘हेर, सयमले सँधै पर्खदैन, विवशताले मान्छेको घमण्ड र इज्जतलाई माटोमा मिलाउँछ, अहिले तिमीले नमानेको कुरा भोलि गएर तिम्रा बहिनीहरुले मान्न बाध्य हुनुपर्ने अवस्था पनि आउन सक्छ, तर त्यसका लागि तिमी जिम्मेवार हुने छौ ।’

उसकै काखमा लडिरहेको अवस्थामा केहीबेर पछि मैले सोधेँ, ‘तलब कति हुन्छ ?’ उसले भन्यो, ‘तलबको के कुरा, तिमीलाई चाहिएजति पैसा म दिन्छु, अहिले लान्छ्यौ भने पनि मसँग पाँच/सात हजार होला लैजाउ । भोलिबाट काम पनि गर । कसैले केही भन्ने ठाउँ हुँदैन ।
एकछिन सोचेर मैले भनेँ, ‘हुन्छ त ।’
मेरो जवाफलगत्तै ऊ खुशी भयो । अनि बिजुलीको बेगमा उसले मेरो गाला चुम्यो । बाल्यकालमा मलाई गरिएको चुम्बनको सम्झना छैन तर यौवनावस्थामा कुनै पुरुषले गरेको त्यो नै पहिलो चुम्बन थियो ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: