गायिका पनि यस्तो हट ! (लक्ष्मी आचार्य)

काठमाडौं । 
पछिल्लो समय नेपाली संगीत क्षेत्रमा नयाँ नयाँ गायक गायिकाको प्रवेश भइरहेको छ । त्यसैमध्येकी एक हुन् लक्ष्मी आचार्य । केही लोकगीतसमेत गाएकी लक्ष्मी आफूलाई मोडलसमेत भन्न रुचाउँछिन् ।

चार वर्षअघि ‘नजिक नजिक तान्छौ’ लोकदोहोरी गीतबाट संगीत क्षेत्रमा प्रवेश गरेकी लक्ष्मी नेपाल टिम्बर अफ कर्पोरेसनकी कर्मचारीसमेत हुन् । पहिलो गीतले बजार राम्रो पाएपछि उनी अहिले गायन क्षेत्रमा व्यस्त बन्न थालेकी छन् । अहिलेसम्म दुई दर्जनभन्दा बढी गीतमा स्वर दिइसकेकी लक्ष्मी फेसबुकमा कामुक तस्बिर राखेकै कारण चर्चामा छिन् ।

यतिखेर लक्ष्मीले मंगलबार फेसबुकमा राखेको एउटा तस्बिरले उनलाई विवादमा तानेको छ । उनले आफूलाई मोडलको रूपमा उल्लेख गर्दै अर्धनग्न तस्बिर पोस्ट गरेकी छन् । सो तस्बिर राख्दै उनले लेखेकी छन्, ‘भन्न त भन्छन् कोही एक गएर जिन्दगी रोकिन्न, तर लाखौं अरु आए पनि त्यो एकको कमी कहिल्यै पूरा हुँदैन,’ लक्ष्मीले लेखेकी छन् ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: