कार चलाउने केटीले रातो सर्ट लगाएकी थिई, अनि उसको माथिको दुईवटा बटन खुला थियो

मुन्द्रे : तँ कोसँग फोनमा बोल्दै हो ?
शेरे : बैनीसँग हो यार !
मुन्द्रे : गफ नदे, बैनीसँग नि कसैले त्यस्तो रोमान्टिक हुँदै कुरा गर्छ ?
शेरे : तेरो बहिनी हो नि त लाटा।
०००

पुलिस : जुन कारले तपाईंलाई ठक्कर दियो, त्यो कारको कलर र नम्बर सम्झना छ ?
शेरे : थाहा छैन, तर कार चलाउने केटीले रातो सर्ट लगाएकी थिई, अनि उसको माथिको दुईवटा बटन खुला थियो।

०००

एक युवती आफ्नो कोठामा बसेर रुदै थिइँ, उसकी आमाले त्यो दृश्य देखिन्, अनि माया गर्दै सोधिन्।
आमा : छोरी, किन रोएकी ? के भयो तँलाई ?? मलाई भन…. म तेरो साथीजस्तै त हो नि !
छोरीले रुदै भनिछे : आमा, तिमीलाई के भनूँ यार, म मेरो बूढालाई भेट्न गएकी थिएँ, तिम्रो बूढाले मलाई मेरो बूढासँग देख्यो, अनि मलाई बबाल कुट्यो यार।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: