एक दिन धुर्मुसे टन्न खाना खाएर सुतेछ…

बल्छीले धुर्मुसे साइकलको ब्रेक हातमा लिएर बिहे पार्टीमा नाचिरहेको देखेछ। बल्छीले भनेछ : ओए धुर्मुसे,साइकलको ब्रेक हातमा लिएर के गरेको ? धुर्मुसेले भनेछ : देखिनस्, ब्रेक डान्स गरेको ?

०००
शेरे : ल भन धुर्मुसे, तँ खाली पेटमा कतिवटा स्याउ खान सक्छस् ?
धुर्मुसे : ६ वटा
शेरे : गलत जवाफ। एउटा स्याउ खानेबित्तिकै तेरो पेट कसरी खाली हुन्छ ? त्यसैले खाली पेटमा एउटाभन्दा बढी स्याउ खान सक्दैनस्।
धुर्मुसे : हाहाहा क्या दामी जोक भनिस् यार !
धुर्मुसे घर गएछ र सुन्तलीसँग सोधेछ : ल भन्, तँ खाली पेटमा कतिवटा स्याउ खान सक्छेस् ?
सुन्तली : १० वटा
धुर्मुसे : यदि तैंले ६ वटा भनेको भए क्या दामी जोक भन्ने थिएँ।
०००

एक दिन धुर्मुसे टन्न खाना खाएर सुतेछ। ऊ मरेछ  र अर्को जन्म पाएछ, कुखुरीको। कुखुरी भएपछि उसले अन्डा पार्न थालेछ। एकदमै गार्‍हो भएकाले कनेर एउटा अन्डा पारेछ। त्यत्तिकैमा सुन्तली (एक झापड हान्दै) : के सपना देखेको हेर ओछ्यानमा ….. छिछिछि….
(मरेको त सपनामा पो रहेछ )

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: