अस्वस्थताका कारण जाउलो खाएर सुतेका थिए प्रकाश

३६ वर्षको अल्पायुमा हृदयाघातबाट निधन भएका प्रचण्डपुत्र प्रकाश केही दिनदेखि सामान्य तवरले अस्वस्थ थिए । हल्का ज्वरोसमेत आएपछि उनी बाबु प्रचण्डको चुनाव प्रचारमा समेत संलग्न हुन सकेका थिएनन् । बाम गठबन्धनको चुनाव प्रचार अभियानमा प्रचण्ड देशव्यापी दौडाहामा रहेको अवस्थामा प्रकाश सँगै नदेखिनुले पनि उनी अस्वस्थ थिए भन्ने अनुमान सहजै लगाउन सकिन्छ ।

हिजो शनिबार लाजिम्पाटस्थित निवासमा प्रचण्डपत्नी सीता र पुत्र प्रकाश मात्रै थिए । ज्वरो आएकोले उनले रातीको खानामा जाउलो मात्र खाएर सुतेको पारिवारिक सुत्रबाट बुझिएको छ । उनको विगत र आनीबानीबारे कतिपयले नकारात्मक टिकाटिप्पणी गर्ने गरे पनि मदिराजन्य कुराको सेवनबाट केही दिनदेखि नै उनी पर रहेका थिए । अस्वस्थ भएपछि जँचाउन जान आग्रह गर्दा सामान्य हो आफै ठिक भइहाल्छ भन्दै उनले उपेक्षा दर्शाएका थिए । सायद समयमै चिकित्सकीय सेवा लिएका भए उनमा यदि कुनै गम्भीर समस्या थियो भने पनि पहिले नै पत्ता लागेर उपचार हुन सक्ने थियो ।

अर्को एक विश्वस्त स्रोतका अनुसार पछिल्लो समयमा प्रकाशमाथि कामको अत्यधिक प्रेसर थियो । बाबु प्रचण्डले सबैजसो कामको जिम्मेवारी अनौपचारिक तवरले पुत्र प्रकाशलाई नै दिने गरेका थिए । बाबु प्रचण्डको चुनावी नतिजाबारे पनि प्रकाश अत्यधिक दबाब र तनावमा थिए । घटना र विचार

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: