अभिनेत्री बर्षा राउतलाई १० केजी घट्नु पर्ने पीडा

धेरै खानेकुरा खानुपर्ने मान्छेलाई तौल घटाउनु पर्दा कम्ता पीडा हुँदैन । अभिनेत्री बर्षा राउतको हकमा पनि अहिले यही नै भएको छ । उनलाई अब, १० केजी घट्नुपर्नेछ । फिल्म क्षेत्रमा आएदेखि नै बर्षाको सुन्दरताको चर्चा त हुन्छ नै ।

साथमा, उनको मोटोपनाको पनि चर्चा हुन्छ । बर्षा घट्नुको साटो झन झन बढेकी छिन् । यसैले पनि उनलाई घट्नुपर्ने वाध्यता छ । बर्षाका अनुसार, अब उनलाई १० केजी घटाउनुपर्नेछ । बल्ल २ केजी मात्र घटाइन् । अझै, ८ केजी घटाउँदा कम्ता पीडा भएको छैन । तर, पनि उनी मिहिनेत गरिरहेकी छिन् ।

उनी, सोलो हिट फिल्म दिन चाहन्छिन् । यसैका लागि उनले सबैभन्दा पहिले तौल कम गर्ने सोच बनाएकी हुन् । बर्षा के यसमा सफल होलिन् ?

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: